कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १६:४९
;

काठमाडौं । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै मृतकको कुल संख्या ३ सय ६ पुगेको छ ।

मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला, सुनसरीका ७०, पर्साका ५४ र ६० र कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। यो जम्मा संक्रमितहरुबाट मृतयु हुने ० दशमलव ६३ प्रतिशत हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*