१६ वर्षीया किशोरीलाई बन्धक बनाइ सामूहिक बलात्कार
कञ्चनपुर । १६ वर्षीया किशोरीले आफुलाई ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
जिल्लाको बेल्डाडी गाउँपालिकामा–५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरीले आफुमाथि सामुहिक बलात्कार भएको उजुरी दिएकी हुन् ।
ती किशोरी भदौ १४ गतेदेखि बेपत्ता भएपछि उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए ।
किशोरीलाई भदौ १९ गते १२ आरा मिल नजिक प्रहरीले फेला पारेको थियो ।
सोही घटनाको केही दिनपश्चात किशोरीले प्रहरीमा उजुरी दिएकी छिन् ।










