कोरोना भाइरसबारे भ्रम फैलाउनेविरुद्ध कारबाही प्रक्रिया सुरु
काठमाडौं । कोरोना भाइरस बारे भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।
सामाजिक सञ्जाललगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरसलाई गम्भीर रुपमा लिएर सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।










