७ महिने बालकसहित हेटौंडाका २२ जनामा कोरोना पुष्टि(विवरणसहित)
मकवानपुर । हेटौंडाका २२ सहित मकवानपुरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षणमा मकवानपुरका २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइका अनुसार आज पुष्टि भएका संक्रमितहरु मध्ये हेटौंडा उपमहानगरपालिकाका २२ जना, मकवानपुगढी र हेटौंडा बस्दै आएका जिल्ला बाहिरका १/१ जना रहेका छन् ।
चौलागाइका अनुसार संक्रमितहरु मध्ये १० जना महिला र ७ महिने बालकसहित १२ जना पुरुष रहेका छन् ।











