बागमती प्रदेशमा संक्रमितको संख्या झण्डै १२ हजार पुग्यो, ८८ जनाको मृत्यु

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १०:३८
;

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै १२ हजार पुगेको छ । मंगलवार प्रदेशमा  थप ४ सय ७८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार ९ सय २३ जना पुगेको हो ।

बागमती प्रदेशको समाजिक विकास मन्त्रालयका अनुृसार मंगलबार प्रदेशको काठमाडौंका ३००, ललितपुरका ३८, भक्तपुरका ५३, नुवाकोटका ६, धादिङका ८, चितवनका १९, सिन्धुलीका १, मकवानपुरका ३३, रामेछापका ८, दोलखाका ३, काभ्रेका ८ र सिन्धुपाल्चोकका १ जनामा गर ४ सय ७८ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, प्रदेशमा हालसम्म ५ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*