‘गोबर खेलाएर हुर्केकी हुँ, कोरोनाले छुन सक्दैन’: भारतीय मन्त्री
काठमाडौं । भारतको मध्य प्रदेश सरकारकी मन्त्री इमारती देवीले आफूलाई कोरोनाले नछुने दाबी गरेकी छिन् ।
उनले गाईको गोबर र माटो खेलाएर हुर्केकाले कोरोनाभाइरसले नछुने टिप्पणी गरेको भिडियो अहिले भाइरल बनेको छ । गोबर र माटोमा टन्नै कीटाणु हुनाले संक्रमण रोक्ने उनको कथन छ ।
मिडियाले आफुलाई कोरोना संक्रमित भनी गलत खबर दिएको उनले बताइन् ।
बाध्य बनाइएकाले मात्र आफूले मास्क लगाएको पनि उनले बताइन् ।
https://twitter.com/i/status/1301919537210638337










