सहकारीको पाँच करोड ६७ लाख ठगी गरेको आरोपमा खड्गी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पकौउ परेका छन् ।
प्रहरीले काठमाडौं महानगरपालिका–३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई पक्राउ गरेको हो ।
रकम ठगी गरी फरार रहेका खड्कीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकू पठाइएको उक्त महाशाखाले जनाएको छ ।