भारतमा एकैदिन झण्डै एक लाख कोरोना संक्रमित थपिए
काठमाडौं । भारतमा एकैदिन झण्डै एक लाख कोरोना संक्रमित थपिएका छन् । सोमबार एकैदिनमा अहिलेसम्मकै धेरै ९० हजार ८ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण भएको मृत्युको आंकडामा पनि भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाका समग्र संक्रमितमध्ये मृत्यु हुनेको संख्या एक दशमलव ७ प्रतिशत छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार नाघेको छ ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ८९ हजार भन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा एक लाख २६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।










