मकवानपुरमा २६ गतेबाट २ चरणमा बजार खुल्ने

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १४:४३
;

मकवानपुर । मकवानपुरमा निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो ।

निर्णय अनुसार भदौ २६ गतेदेखि असोझ ५ गतेसम्मका लागि लागु हुने गरी बिहान ५ बजेबाट ९ बजेसम्म अत्यावश्यक बस्तुहरु (खाद्यन्न, दुग्ध उत्पादन, तरकारी, फलफुल) पसल खोलिने र बिहान १० बजेबाट ३ बजेसम्म अन्य ब्यवसायहरु र बैंक तथा वित्तिय सस्थाहरु बिहान १० बजेबाट ३ बजेसम्म खोल्ने निर्णय गरिएको छ ।

त्यस्तै निजि सवारी साधन भने जोर बिजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको छ भने जिल्ला भित्रका सार्वजनिक सवारीसाधनलाई अर्को सूचना जारी नभइन्जेलको लागि बन्द नै गरिएको छ ।

यसैगरि होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा बन्द गरिने तर टेक वे सेवा भने विहान १० बजेबाट ३ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ ।

सहकारीको हकमा भने फिल्डमा कर्मचारी जान नपाउने भएका छन् ।

उद्योग सञ्चालन गर्नुपरेको अवस्थामा सम्वन्धित उद्योगले सो उद्योग परिषरमानै आफ्ना श्रमिक तथा कर्मचारी राख्नुपर्ने ब्यवस्था गरिएको छ ।

त्यस्तै हेटौंडा बजार भित्र लोडअनलोडको कार्य साझ ५ देखि बिहान ५ बजेसम्म तोकिएको छ ।

DCCMC_Nirnaya_2077_05_24

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*