विपी जयन्तीको अवसरमा वृक्षारोपण

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १५:४७
;

रौतहट । रौतहटको जननायक विपी कोईरालाको १०७ औं वर्ष जयन्तीको अवसरम वृक्षारोपण गरिएको छ । विपी कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समितिको आयोजना एवं नेपाल विद्यार्थी संघ रौतहट कार्य समितिको सहकार्यमा चन्द्रपुर नगरपालिका– ४ स्थित विपी वन वाटिकामा वृक्षारोपण गरीएको हो ।

वृक्षारोपनमा रौतहट क्षेत्र– ४ का सांसद देव प्रसाद तिमल्सिना, प्रदेश सभा सदस्य धनलाल ठोकर, चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादव लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सहभागी हुदै वक्ताहरुले अहिलेको कोरोना कहरको बेला विपीको मेलमिलाप निति अंगालेर सम्पूर्ण राजनितिक दलहरु एकजुट भएर कोरोनालाई परास्त गर्न र जनजीवन सामान्य बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

यो समाचार रौतहटका सञ्चारकर्मी बाल बिक्रम कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*