मदिरा सेवन गरी प्रहरीमाथि आक्रमण, असईसहित तीन घाइते

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १६:०२
;

बाजुरा । मदिरा सेवन गरेर होहल्ला गर्नेहरुलाई पक्रन खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । मंगलबार त्रिवेणी नगरपालिकाको–४ मामदिरा सेवन गरि हो–हल्ला गरेको खबर आएपछि प्रहरी टोली पुगेको थियो । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहारबाट ३ जना प्रहरी घाइते भएका छन्।

त्रिविणी नगरपालिकाको मौरे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रघुवीर बडु, हवल्दार नारदसिंह बिष्ट र प्रहरी जवान नरेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आक्रमण गर्ने ३ जनालाई पक्राउ परेका छन् भने ४ जना फरार छन् ।

पक्राउ परेकामाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*