कोरोेना संक्रमणका कारण साउदीमा कार्यरत ५२ जना नेपालीको मृत्यु
काठमाडौं । कोरोना महामारी सुरु भएपछि अहिलेसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको मृत्यु भएको छ ।
साउदीमा अहिलेसम्म ४ हजार १३७ जनाको मृत्यु भएकोमा ५२ जनाको नेपालीको मृत्यु भएको साउदीका लागि नेपाली राजदूत प्रा.डा महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिएका छन् ।
साउदीमा अहिलेसम्म ३ लाख २२ हजार २ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।










