कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुग्यो

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १६:५४
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ३ सय १२ पुगेको छ ।

५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*