मोबाइल चार्ज गर्दै गर्दा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङ । मोबाइल चार्ज गर्दै गर्दा चट्याङलागेर एक जनाको मृत्यु भएको छ ।
मोबाइल चार्जमा राख्ने क्रममा ताराखोला गाउँपालिका – ३ स्थित आफ्नै घरमा परेको चट्याङले भीमबहादु बस्नेत बुधबार राति घाइते थिए । घाइते भएका उनको उपचारमा क्रममा मृत्यु भएको हो ।
युवाको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।