मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर उपमहानगरपालिका–७ बस्ने रवि भन्ने ३२ वर्षीय रिकेश महर्जन र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(९ बस्ने २२ वर्षीया कमला लामालाई पक्राउ गरेको हो ।
उनीहरुले २ जना व्यक्तिलाई अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्याई ४१ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए ।
त्यस्तै उनीहरुले २ जना व्यक्तिलाई मनिलामा शारीरिक तथा मानसिक यातना समेत दिई बन्धक बनाई राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।










