क्यालिफोर्नियाको डढेलो तिब्र गति फैलिदै, हजारौं व्यक्ति घर छाड्न बाध्य

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १४:१९
;

काठमाडौं । उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । तिब्र गतिमा फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति घर छाड्न बाध्य भएका छन् ।

पहाडी इलाकाको वन डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भूभागमा आइपुगेको अधिकारीहरुले बताएका छन् ।

उक्त आगोले प्याराडाइज क्षेत्रमा पनि विनाश निम्त्याउने खतरा बढाएको छ । यो क्षेत्र गत वर्षको विनाशकारी वनडढेलोबाट पनि क्षतिग्रस्त भएको थियो ।

उता वासिङ्टन राज्यमा पनि एकै दिन विशाल क्षेत्रमा आगो फैलिएको छ । आगलागीका कारण अरेगन र इडाहो शहरबाट धेरै मानिस अन्यत्र पलायन हुनु परेको छ । कोलोराडो र मोन्टानामा भने उत्तर ध्रुवीय चिसो हावाका कारण डढेलो केही मत्थर देखिएको छ ।

अगष्टको मध्यदेखि फैलिएको वनडढेलोका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ६०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*