विदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने

काठमाडौं । सरकारले विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन उडान संख्या बढाउने भएको छ । यसबारे बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच छलफल भएको हो।
उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।
मन्त्री भट्टराईका अनुसार अब पीसीआर रिपोर्ट भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्स कम्पनीले थप उडान माग गरेमा सरकारले उडानका लागि अनुमति दिने भएको छ ।