अमेरिकाद्वारा १ हजारबढी चिनियाँ विद्यार्थीको भिसा रद्द

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १६:०९
;

काठमाडौं । अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाएको छ ।

सन् २०१८ देखि २०१९ मा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए ।

अमेरिकाको एक राज्य विभागकी प्रवक्ताले भिसा रद्द गरिएका विद्यार्थीलाई उच्च जोखिमयुक्त स्नातक विद्यार्थी र अनुसन्धन विज्ञहरु भनेर वर्णन गरेका छन् ।
यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*