८६ वर्षीया वृद्धा बलात्कृत
काठमाडौं । ८६ वर्षीया वृद्धा बलात्कारको आरोपमा सोमबार साँझ ३२ वर्षीय सोनु पक्राउ परेका छन् । यो घटना भारतको राजधानी नयाँदिल्लीमा भएको हो ।
दुध लिन आफ्नै घर बाहिर उभिरहेकी ८६ वर्षीया महिलालाई ती पुरुषले एकान्त चौरमा लगेर बलात्कार गरेका थिए । प्रहरी अनुसन्धानका अनुसार वृद्धाले केही पर पगे पैसा ल्याउनुपर्ने थियो ।
सोही क्रममा सोनुले वृद्धालाई मोटरसाइकलमा आफ्नो साथ जान आग्रह गरेका थिए । उनीसँथै गएकी ती वृद्धा चिच्याउँदै गर्दा छिमेकीले सुनेर प्रहरीलाई बोलाएका थिए ।
सोनुलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् । वृद्धाको शरिरमा चोटपटक समेत लागेको छ ।
भारतको कानुन अनुसार पटक पटक बलात्कार गरेको, सामूहिक बलात्कार वा नावालिगलाई बलात्कार गरेको जस्ता घटनामा दोषीलाई मृत्युदण्डको सजाय दिइन्छ ।
एजेन्सी










