करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु
कैलाली । धनगढी उपमहानगरपालिकाका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालीका–६ को शिवनगरस्थित विद्युत सर्भिस पोलमा बल्ब लगाएर झरेका ३२ वर्षीय राजकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
विद्युत प्राधिकरणमा करारमा कार्यरत चौधरी धनगढीकै बासिन्दा हुन् ।
करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।










