थप १२ सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १६:३९
;

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या  ५० हजार ४ सय ६५ पुगेको हो ।

त्यस्तै आज१८ सय १८ जना कोरोनामुकत भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ ।

मन्त्रालयका अनुसार आज ११ हजार १ सय ४४ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*