बागमती प्रदेशका १ सय ५ जना आइसियु र भेन्टिलेटरमा
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
बिहीबार देशभर १ सय ८६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार २१ जना भेन्टिलेटरमा र १ सय ६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५ जना आइसियु र २० जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ४ जना आइसियु रहेका छन्।
त्यस्तै प्रदेश २ मा २४, प्रदेश ५ मा २० आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिममा १ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।










