बागमती प्रदेशमा ६ हजारबढीले जिते कोरोना, मृतकको संख्या ९४ पुग्यो

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार ११:५९
;

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ । विहिबार थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९४ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेशमा बिहिवार थप ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १३ हजार १ सय १५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईका अनुसार, बिहिवार प्रदेशको काठमाडौंमा ४ सय ९३, ललितपुरमा ४३, भक्तपुरमा ३३, नुवाकोटमा १, चितवनमा १८, सिन्धुलीमा १, मकवानपुरमा ३, रामेछापमा २, दोलखामा ३, काभ्रेमा २ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कूल कोरोना संक्रमितमध्ये ६ हजार ७ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*