हिरासतमा रहेका १९ वषीय पुरुषले गरे आत्महत्या

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १२:२९
;

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेका छन्।

भदौ २२ गते चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका १९ वर्षीय रोशन बिकले थुनुवा कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याइएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

विकले के कारण आत्महत्या गरे भन्ने विषयमा पोष्टमार्टम रिपोर्टले केही कारण देखाउन सक्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*