गौतमबुद्ध विमानस्थलको संरचना निर्माण अन्तिम चरणमा

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १२:५७
;

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाले अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाएको छ ।

भौतिक संरचना निर्माणको काम लगभग सकिए पनि विदेशी प्राविधिक र जनशक्तिको अभावका कारण उपकरण जडानका काममा समस्या देखिएको छ ।

गौतमबुद्ध विमानस्थल सन् २०२१ को सुरुआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*