५ जना सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना पुष्टि
तनहुँ । तनहुँमा ५ जना सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका ५ जना प्रहरीसहित ५ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भानुस्थित सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, भानुकै ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, शुक्लागण्डकीकी ५९ वर्षीय पुरुष, आँबुखैरेनीका ५१ वर्षीय पुरुष र भिमादको २० वर्षीया महिलालाई कोरोना भाइरस पुष्टि भएको छ ।










