हेटौंडाका थप दुई जनामा कोरोना पुष्टि
मकवानपुर । हेटौंडाका थप दुई जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा– ५ की ६६ वर्षीया एक महिला र हेटौंडा– १५ का ७० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
उक्त प्रयोगशालामा भदौं २५ गते परीक्षण गरिएका २ सय ६७ नुमनामध्ये चितवनका ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २ जना हेटौंडाका रहेको अस्पतालले जनाएको छ ।