बुटवलमा ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु
भैरहवा । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा शुक्रबार बिहान नवलपरासी सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
संक्रमण पुष्टिपछि भदौ १९ गते उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।