४ कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १५:४८
;

काठमाडौं । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चार जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए ।
३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो ।

केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जनाले कोरोना भईरसलाई जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*