मकवानपुरमा नागरिकता र राहदानी सेवा खुल्ला
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकता र राहदानी सेवा खुल्ला गर्ने भएको छ । प्रशासन कार्यालयले एक सुचना जारी गर्दै कोरोना संक्रमणको जोखिमसंगै बन्द भएको नयाँ नागरिकता तथा प्रतिलिपि र राहदानी सेवा आजबाट खुल्ला गरेको हो ।
प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर भिडभाड नियन्त्रण गर्ने उद्देश्यले बार अनुसार सेवा खुल्ला गरेको छ । मकवानपुरका विभिन्न १० स्थानिय तहलाई साताको दुईदिन उक्त सेवा दिने गरी व्यवस्था मिलाएको सुचनामा उल्येख गरीएको छ ।
सुचनामा उल्येख भएक् अनुसार आइतबार र सोमबार थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाकालाई सेवा दिइने भएको छ भने मंगलबार र बुधबार भने बागमती, बकैया, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका सेवा लिनेछन् ।
त्यस्तै बिहीबार र शुक्रबार हेटौंडा उपमहानगर र मनहरी गाउँपालिकाकाले सेवा लिने भएको छ ।
नागरिकता, प्रतिलिपि र राहदानीबाहेकका अन्य सेवाहरु भने नियमित हुने जनाइएको छ ।