तालिवान लडाकूहरुको आक्रमणमा परी १६ सैनिकको मृत्यु
काठमाडौं । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा १६ सैनिकको मृत्यु भएको छ ।
देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुतर्फ क्षति भएको हो ।
समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए।










