जिसस प्रमुख र सिडियोसहितको टोली बजार अनुगमनमा
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट निषेधाज्ञा थप खुकुलो बनाएर बजार खुल्ने समयावधि बढाएसंगै अनुगमन सुरु गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल सहितको टोलीले बजारको अनुगमन गरिएको हो ।
कोरोना संक्रमणको दर बढेसंगै गरीएको निषेधाज्ञा आजबाट थप खुकुलो बनाए पछि संक्रमणको जोखिम नियन्त्रणका लागि बजार अनुगमन गरीएको जिलला प्रशासन कार्यालय मकवानपुले जनाएको छ ।
टोलीले निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले सुरक्षा मापदण्ड अपनाए नअपनाएको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा केही व्यवसायीहरुले सुरक्षको मापदण्ड नअपनाएको पाइएको र उनीहरुलाई सुरक्षाका मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न आग्रह गरीएको छ ।
टोलीले हेटौंडाका मुख्य बजार मेनरोड, स्कुलरोड, टिसिएन रोड कान्तीराजपथ लगायतका क्षेत्रमा अनुगमन गरेको छ ।
मकवानपुरमा आजबाट बिहान ५ बजेबाट ९ बजे सम्म खाद्यान्न, तरकारी, दुग्धजन्य, मासुजन्य व्यवसाय र १० बजे देखि ३ बजे सम्म अन्य व्यवसाय संचालनको अनुमती दिइएको छ ।