घरबेटीको कुटाइबाट चौधरीको मृत्यु

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १७:४६
;

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको हो ।

शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*