भरतपुर अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा बिहीबार राति आउँदा नै मृत्यु भएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मृतक रत्ननगरपालिका–२ का ४६ वर्षीय पुरुष हुन् ।
।
कोरोना भाइरसको संक्रमणका कारण चितवनमा योसहित २७ जनाको मृत्यु भएको छ ।