नेयमारले जिते कोरोना

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार कोरोना भाइरसमुक्त भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध नेयमारले ट्वीटरमार्फत आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।
एक साता अघि नेयमारसहित पीएसजीका एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भएको थियो ।
यस्तै पछिल्लो पटक पीएसजीका अर्का स्टार केलियन एमबाप्पेलाई समेत कोरोनाको संक्रमण देखिएको छ ।
उनीहरु आइसोलेसनमा बसेका छन् ।