कोरोना संक्रमणका कारण कैदीको मृत्यु

हेटौडा न्युज
२७ भाद्र २०७७, शनिबार ०७:४४
;

सुनसरी । सुनसरीमा एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेकारामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।

ज्वरो आएको र दुई दिनदेखि खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । इनरुवा अस्पतालले कोरोनाको आंशका गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो ।

इमर्जेन्सी कक्षमा भर्ना हुनासाथ उनको पीसीआर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनी कुन कसुरमा पुर्पक्षका लागि कारागारमा थिए भन्ने खुलेको भने छैन । मृतक पुरुषमा दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*