तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१००३ क ४५६३ नम्बर टिप्परले ठक्कर दिँदा बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षीय अनिल गौतमको मृत्यु भएको हो ।
गएराति पौने १० बजे टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका गौतमलाई उपचारको लागि सिभिल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।










