मन्त्री अर्याल भन्छिन्, सर्वोच्च र अख्तियारको सुझावमा कित्ताकाट खुल्ला गरिएको हो

सामाजिक र सुशासन विरोधी गतिविधि हुन थालेकाले पनि कित्ताकाट खुल्ला गर्नुपर्यो
हेटौडा न्युज
२७ भाद्र २०७७, शनिबार ०८:१९
;

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सर्वोच्च अदालत र अख्तियारको सुझावमा कित्ताकाट खुल्ला गरिएको बताएकी छन् ।

कित्ताकाट बन्द गरेपछि काठमाडौं भित्र केही सीमित व्यक्तिहरुले पहुँचको आधारमा कित्ताकाट गरिरहेको र त्यसले विकृतिको रुप नै लिन थालेपछि सबैलाई सहज होस् भन्ने हेतुले नै कित्ताकाट खुल्ला गरेको उनले बताइन् ।

उनले भनिन्, ‘कित्ताकाट बन्द हुँदा समाजमा एउटै श्रीमान श्रीमतिको १० पटकसम्म सम्बन्ध विच्छेद गरिएको भेटियो ।’

अदालतमा नक्कली मुद्दाहालेर मिलापत्र गर्ने लगाएतका काम भएको र यसले सामाजिक विकृति र सुशासन विरोधी गतिविधि हुन थालेकाले पनि कित्ताकाट खुल्ला गर्नु परेको मन्त्री अर्यालको बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*