वडा अध्यक्षसहित परिवारका तीन जनामा कोरोना पुष्टि
विराटनगर । विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्यसहित परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुने परिवारका सदस्यमा आचार्यका १४ र ९ वर्षका छोरा छन् । आचार्यले आफूलाई कोरोना संक्रमण देखिएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
संक्रमित तीनै जनाको अवस्था सामान्य रहेकाले सबै अहिले होम आइसोलेसनमै बसिरहेको जनाइएको छ ।










