आज पनि देशका केही ठाउँमा पानी पर्ने

हेटौडा न्युज
२७ भाद्र २०७७, शनिबार ०९:२७
;

काठमाडौं । आज पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले गण्डकी प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले जनाएको छ ।

गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पनि वर्षा जनाइएको छ । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान छ ।

आज केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ । यस्तै राति भने केही ठाउँमा मेघगर्जन हुने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*