१३ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

धादिङ । १३ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।