पहिरोले पुरिएर दुइ बालकको मृत्यु

रोल्पा । पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको लुङ्गी गाउँपालिका– १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको मृत्यु भएको हो ।
बालकहरुसँग सुतेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।