मकवानपुरमा सार्वजनिक यातायात सञ्चालन हुने

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १२:०२
;

मकवानपुर । मकवानपुरमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । आगामी असोज १ गतेदेखि जिल्लाको पालुङ, दामन, चित्लाङ, फापरवारी, भीमफेदी, मनहरी लोथर, हटिया र पदमपोखरीलगायत विभिन्न क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन हुने भएको हो ।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी सार्वजनिक यातायात सञ्चालन हुने भएको मकवानपुरका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार भोली सोमबार बस्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्रको बैठकमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न अनुमती प्रदान गर्ने भएको छ । त्यसको लागि कार्यतालिका बनिसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*