भारतमा एकैदिन ९४ हजारबढी कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन ९४ हजारबढी कोरोना संक्रमित थपिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ ।
यस्तै भारतमा एकैदिन ११ सयभन्दा धेरै सङ्क्रमितकोमृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७८ हजार ६ सय १४ पुगेको छ ।