टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

बुटवल । रुपन्देहीमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं।को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं.स्कुटीमा सवार जवानलाई ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक श्रेष्ठ ईलाका प्रहरी कार्यालय बुर्तिवाड, बाग्लुड दरबन्दी रही हाल जिल्ला प्रहरी कार्यालय बाग्लुडमा कार्यरत थिए ।
अर्की एक प्रहरी जवान घाईते भएकी छन् । घाइते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ बस्ने वर्ष २३ की प्रहरी जवान सन्तोषी थारु रहेकी छिन् ।
ठक्कर दिने टिपर नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।