कार्यालयमै प्रहरी निरीक्षकसहित कर्मचारीमाथि कुटपिट

कञ्चनपुर । कञ्चनपुरमा प्रहरी कर्मचारीमाथि कुटपिट भएको छ । स्थानीयले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको कार्यालयमै आएर प्रहरी निरीक्षकसहित कर्मचारीमाथि कुटपिट गरेका हुन् ।
तास खेलिरहेका ६/७ जनालाई पक्राउ गरिएको विषयमा विवाद भएपछि इन्स्पेक्टर वकिल सिंहसहितका कर्मचारीमाथि हातपात र ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि आक्रमण भएको घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।