बाग्लुङमा पहिरो परि दुई जनाको मृत्यु

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १३:५३
;

पोखरा । बाग्लुङको जैमिनी नगरपालिकामा गएको पहिरोमा परि २ जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–५ बिनामारे स्थित निलकण्ड पौडेलको घर पहिरोले पुर्दा उनकी करिब ७५ वर्षीय आमा जल्पादेवी पौडेलको मृत्यु भएको हो ।

त्यसैगरी पहिरोले जैमनी नगरपालिका–१ टुनिबोटका मणिभद्र पाध्याको घर पहिरोले पुर्दा उनकी ६५ वर्षीय श्रीमती लक्ष्मीदेवी पाध्याको मृत्यु भएको छ ।

पहिरो जाँदा घरमा ३ जना रहेपनि अरु भने जोगिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*