लियो जिल्ला परिषद ३२५ बी २ को प्रथम परिषद बैठक सम्पन्न

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १४:१८
;

मकवानपुर । लियो जिल्ला परिषद ३२५ बी २ नेपालको प्रथम परिषद बैठक सम्पन्न भएको छ । शनिबार अनलाइन (जुम एप्लिकेसन) मार्फत परिषदको प्रथम जिल्ला परिषद बैठक सम्पन्न भएको हो ।

परिषदका लायन्स वर्ष २०२०/२१ का अध्यक्ष कुबेर क्रान्ति पाठकको सभाध्यक्षतामा प्रथम परिषद बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल क्लब ३२५ बी २ नेपालका गर्भनर एमजेएफ लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यता रहेको थियो भने सर, एमजेएफ लायन अर्चित श्रेष्ठ, लियो बहु जिल्ला परिषदका अध्यक्ष रन्जित भगत लगायतको आतिथ्यता रहेको थियो ।

लियो जिल्ला परिषद ३२५ बी २ नेपाल रिजन ४ को संयोजन गरेको उक्त कार्यक्रममा एरिया २ को सहयोग रहेको थियो । परिषदका सदस्यसहित काउन्सिलरहरुको उत्साहजनक उपस्तिथितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘वी फर चेन्ज’ को नारालाई सार्थकता दिन जिल्ला परिषदका सम्पुर्ण सदस्य र परिषद अन्तर्गतका क्लबहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै काउन्सिलका अध्यक्ष पाठकले सम्पुर्णमा आभार व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*