बौद्धमा एक ट्रेकिङ गाइडको शंकास्पद मृत्यु

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १५:२२
;

काठमाडौं । बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन् । खोटाङ घर भएर आरुबारीमा डेरा गरी बस्दै आएका ४१ वर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनाको अनुसन्धानको लागि एक महिलालाई समेत नियन्त्रणमा लिएको छ ।  राति मदिरा सेवन गरेपछि अचेत भएर उनको मृत्यु भएको महिलाले प्रहरीमा प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ ।

मध्यराती ट्याक्सीमा हालेर अस्पताल लैजान खोजेको अवस्थामा प्रहरीले नयाँपाटीबाट शेर्पाको शव बरामद गरेको थियो ।

शेर्पा साँझ ती महिलाको कोठामा गएका थिए । त्यहाँ उनले अत्यधिक मदिरा सेवन गरेको र बान्ता समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरु दुवैजना डिभोर्सी हुन् ।

शव पोष्टमार्टामका लागि त्रिवि शिक्षण अस्पताल महारागञ्जमा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*