लायन्स मकवानपुर डायमण्डको कोरोना संक्रमितलाई खाजा सहयोग
मकवानपुर । लायन्स क्लब अफ मकवानपुर डायमण्डले हेटौंडा–६ गौरीटारमा रहेको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुका लागि खाजा सहयोग गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा संचालनमा रहेको आइसोलेसनमा उपचाररत संक्रमितहरुका लागि क्लबले १ सय ३० प्लेट खाजा (मःम) वितरण गरेको हो ।

विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले वेपेज नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेको संयोजकत्वमा संक्रमितका लागि दिवा खाजा सहयोग गरेको कलबका अध्यक्ष गौतम के.सी.ले बताए ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–२ का सचिव जे.पी यादब, क्लबका डाइरेक्टर शंकर नकर्मी, क्लबका सचिव इरोज न्यौपाने, सुजन तिवारी लगायतकाको उपस्थिति रहेको थियो ।










